कोरोनाको आशंकामा संजय दत्त आइसियूमा भर्ना


 


एजेन्सी, साउन २५
कोरोना भाइरसको आशंकामा चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् । ६१ वर्षीय दत्तलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलनगरिएको छ तर नतिजा नआइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनको शनिबार गरिएको कोरोना भाइरसको एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो। उनलाई सास फेर्न गाह्रो भएसँगै आइसियूमा राखिएको दैनिक भाष्करले लेखेको छ ।

उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्