कोरोना संक्रमित महिलाले जन्माइन् शिशु




काठमाडौं, साउन २६
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाले शिशुलाई जन्म दिएकी छन्। रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी हुन्।

शल्यक्रिया गरी जन्मिएको शिशुको तौल दुई किलो सात सय ५० ग्राम छ। आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डा. दिनेश श्रेष्ठले जानकारी दिए।

शुक्रबार भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो।

सात जना स्वास्थ्यकर्मीको टोलीले महिलाको शल्यक्रिया गरेका थिए। शल्यक्रिायमा संलग्न चिकित्सकसहित सबै स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका डा।श्रेष्ठले बताए।

यसअघि पर्साको वीरगन्ज महानगरपालिका(१ छप्कैयाकी ३१ वर्षीया कोरोना संक्रमित महिलाले पनि शिशुलाई जन्म दिएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News