धनगढी बजार जलमग्न


 


कैलाली, साउन २६
धनगढी बजार डुबानमा परेको छ । पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जनाएको छ ।

मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ ।

धनगढी उपमहानगरपालिकाभित्र रहेका पानी निकासका ढलहरू बन्द हुँदा र नालाहरू अतिक्रमण हुँदा बजार क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्