गोदावरी नगरपालिकाका मेयर महर्जनलाई पनि कोरोना


 



काठमाडौं, असोज ९
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो। मेयर महर्जनकी पत्नी गंगामायालाई पनि कोरोना पुष्टि भएको छ। मेयर होम आइसोलेसनमा बसेका छन्।

शुक्रबार नै ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनलाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोशलनमा बसेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्