नेसन्स कप फुटबलः इंग्ल्यान्डले बेल्जियमलाई हरायो


 


वेम्बली, असोज २६

युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । रोमेल लुकाकुले गरेको गा्ल सान्त्वना बन्यो । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाअुना टोली बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको लिएको थियो ।

एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुकाकु आफैले गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा केभिन डि ब्रुयनको प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदै बेल्जियमको दोब्बर अग्रता टारे । लगत्तै २०औं मिनेटमा एक्सेल विस्टेलको पासमा थोमस म्युनियरको प्रहारलाई पिकफोर्डले नै बचाए ।

३९औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी गोलमार्फन नै खेललाई १–१ गोलको बराबरीमा ल्याए । थोमस म्युनियरले कप्तान जोर्डन हेन्डरसनलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रासफोर्ड चुकेनन् ।

४३औं मिनेटमा लुकाकुले अवसर खेर फाल्दा बेल्जियम पुनः अग्रता लिनबाट चुक्यो । ६४औं मिनेटमा किरिएन ट्रिपिएरको पासमा मासन माउन्टले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनको प्रहार टोवी एल्डरवेइरिल्डदाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । ७२औं मिनेटमा कप्तान ब्रुयनको पासमा यान्निक कारास्को बराबरीबाट चुके ।

यस जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यही लिग ‘ए’ ४ को अर्को खेलमा डेनमार्कले आइसल्यान्डमाथि ३–० को सहज जित हात पारेको छ ।

डेनमार्कको जितमा क्रिस्टियन इरिक्सन र रोबर्ट स्कभले गोल गर्दा एक गोल उपहार पाएको थियो । डेनमार्कको ३ तथा अंक विहीन आइसल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्