धोनीको चेन्नईले आज रोक्ला हार श्रृंखला ?


 


युएई, असोज २७ एजेन्सी

इन्डियन प्रिमियर लिग आइपिएलकबो २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ स् ४५ पछि सुरु हुने खेलमा चेन्नई तेस्रो र हैदराबाद चौथो जितको सोचमा मैदान उत्रर्दै छन् । डेभिड वार्नर कप्तान रहेको हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ । महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ ।

हैदराबाद ओपनर डेभिड वार्नर, जोनी बेयरस्टो, केन विलियम्सन र मनिष पान्डेमा निर्भर रहँदै आएको छ । हैदराबादलाई तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्नुपर्ने आवश्यक देखिन्छ । तल्लोक्रमका प्रियम गर्ग, अभिषेक शर्मा र विजय शंकरलाई ठूलो इनिङ खेल्न आवश्यक रहन्छ । स्पिनर राशिद खान हैदराबादका प्रमुख हतियार हुन् । उनी चेन्नईका ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । त्यस्तै टि नटराजनले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् ।

चेन्नईका फाफ डु प्लेसिस भने राम्रो लयमा छन् । डु प्लेसिसलाई शेन वाटसन र अम्बाती रायुडुले राम्रो साथ दिन आवश्यक छ । मध्यक्रम चेन्नईको निकै कमजोर छ । चेन्नई मध्यक्रममै अलरान्डरमा निर्भर छ । साम करन, रविन्द्र जडेजा र ड्वेन ब्राभोले उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ । कप्तान महेन्द्रसिंह धोनी चेन्नईका प्रमुख हतियार हुन् । धोनीको प्रर्दशन चेन्नईलाई महत्वपूर्ण हुने छ ।

आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १३ खेल भएको छ । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा चेन्नई हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सकेको थियो ।

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्