जब क्रिस गेल मैदान फर्किए…


 


शारजहाँ, असोज ३० एजेन्सी

इन्डियन प्रिमियर लिग आइपिएल २०२० मा युनिभर्सल बोस अर्थात वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट पुनरागमन गरेका छन् ।

किंग्स इलेभेन पन्जाबवाट आफ्नो पहिलो खेलमै विहिबार राती रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध अर्ध शतकका साथ गेलले पूनरागमन गरेका हुन् । पन्जाबलाई ८ विकेटको रोमान्चक जित दिलाउन गेलले ४५ बलमा १ चौका र ५ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले । गेल २० औं ओभरको पाँचौ बलमा रन आउट हुन पुगेका थिए । गेलको पूनरागमनसँगै पन्जाबको लगातार पाँचौ खेलमा रहेको हारको सिलसिलामा पनि पूर्ण विराम लागेको छ ।

आठौं ओभरको अन्तिम बलमा मयंक अग्रवाललाई युजभेन्द्र चहलले ४५ रनमा बोल्ड आउट गरेपछि गेल तेस्रो नम्बरमा ब्याटिङ गर्न शारजाह मैदान उत्रेका थिए । मयंक अग्रवाल र लोकेश राहुलले लगातार ओपनिङमा उच्च प्रर्दशन गरेको हुँदा पन्जाबले गेललाई मध्यक्रममा खेलाउने निर्णय लिएको थियो । राहुल र अग्रवालको ओपनिङ जोडी तोड्दै गेललाई गराउनु पक्कै न्यायपूर्ण हुने पनि थिएन । राहुल र अग्रवालको प्रर्दशन र मनोबलमा समेत असर पर्न सक्थ्यो ।

सुरुवाती समय गेलले आफ्नो स्वभाविक खेल खेलेनन् । जनवरीपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका गेलले सुरुवाती समय मैदानको पिचबारे बुझे र त्यसै अनुसार ब्याटिङ गरे । आक्रामक सटको लागि हतार गर्न चाहेनन् । गेलले सुरुवाती १४ बलमा ६ रन जोडेका थिए ।

१३ औं ओभरको पहिलो बलमा गेलले स्पिनर वासिन्टन सुन्दरलाई छक्का गर्दै आक्रामक ब्याटिङको संकेत दिएका थिए । शारजाहमा स्पिन बल टर्न भई राखेको हुँदा ठूला सट खेल्न त्यति सहज पनि देखिएको थिएन । यसै ओभरको अन्तिम बलमा गेलले पून डिप स्क्वारमा उत्कृष्ट छक्का प्रहार गरे ।

त्यसपछि १६ औं ओभरको पहिलो बलमा मोहम्मद शिराजलाई चौका प्रहार गरे । लगत्तै अर्को बलमा एस्क्ट्रा कभरमा छक्का प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा गेलले वासिन्टन सुन्दरलाई लङ अनमा उत्कृष्ट छक्का प्रहार गरे । तेस्रो बलमा पून लङअनमा छक्का प्रहार गर्दै सहज जिततर्फ अघि बढाए । गेल अन्तिम ओभरको पाँचौ बलमा एक रन लिनेक्रममा रन आउट हुन पुगे । दोस्रो विकेटका लागि गेल र राहुलले ९३ रनको उत्कृष्ट साझेदारी सहज जिततर्फ बढाएका थिए । तर खेलले अन्तिम ओभरमा रोमान्चक मोड लिन पुग्यो ।

पन्जाबलाई जितका लागि अन्तिम ओभरमा दुइ रन आवश्यक थियो । चहलले सुरुवाती दुई बल गेललाई डट राखेका थिए । गेलले तेस्रो बलमा एक रन लिए । राहुलले चौथो बल डट खादा पाँचौ बलमा एक रन लिनेक्रममा गेल रन आउट हुन पुगे । खेलको नतिजा अन्तिम बल सम्म कुर्नु परेको थियो । अन्तिम बलमा निकोलस पुरनले लङ अनमा छक्का प्रहार गर्दै दोस्रो जित पक्का गराए । यसअघि पहिलो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो ।

गेल पन्जाबको सुरुवाती ७ खेलमा बेन्चमा बस्नु पर्यो । चारमात्र विदेशी खेलाडी खेलाउन पाउने हुँदा पन्जाबको टोली सुरुवाती समय सन्तुलन र पछि अस्वस्थको कारण टोली बाहिर रहे । पन्जाबले सुरुवाती समय निकोलस पुरन, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन र शेल्डन कटरेललाई चार विदेशी खेलाडीमा खेलाएको थियो । पन्जाबको डेथ ओभर र मध्यक्रम कमजोर हुँदा दुई तीव्र गतिका बलरसँगै पुरन र म्याक्सवेललाई मैदान उतारेको थियो । तर जोर्डन र कटरेलको प्रर्दशन अपेक्षा भन्दा खराब हुँदा जेम्श निशम हुँदै मुजिब उर रहमानलाई पनि प्रयोग गर्यो । तर अपेक्षा अनुसार प्रर्दशन हुन सकेन ।

म्याक्सवेलको प्रर्दशन खराब हुँदा पन्जाबले गेलको अभाव महसुस गरि सकेको थियो । पन्जाबका ओपनर मयंक अग्रवाल र लोकेश राहुलले उच्च प्रर्दशन गर्दा त्यसलाई मध्यक्रम र तल्लोक्रममा ब्याट्सम्यानले निरन्तरता दिन नसक्दा लगातार पराजित हुन परेको थियो । लगातार मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले निराश बनाएपछि आठौं खेलमा स्पिनर मुजिब उर रहमानलाई बेन्चमा राखेर गेललाई खेलाउने निर्णय लिएको थियो ।

सुरुवाती ७ खेलमा ५८ रन बनाएका म्याक्सवेललाई बेन्चमा राखेर गेललाई खेलाउने निर्णय गरिएको थियो । तर शारजाहको छोटो बाउन्ड्रीको कारण म्याक्सवेललाई बेन्चमा राख्न उचित ठानेन । पछिल्लो दुई खेलमा गेल उनी फिट हुन्थें भने सादय टोलीमा खेल्थे होला । गेल पनि मैदानमा उत्रदै उच्च प्रर्दशन गर्न चाहन्थे ।

बिहिबारको अवसरलाई खेर फाल्न दिएनन् । टोली र कप्तानमाथिको विश्वासलाई निराश बनाएनन् । गेलको प्रर्दशनले पन्जाबलाई मध्यक्रममा राहत पुग्ने छ । गेलको पहिलो खेलको अर्धशतकले आगमी खेलमा उनको मनोबल उच्च हुने छ । गेल पन्जाबका बाँकी खेलमा अव पहिलो रोजाईमा पर्ने छन् ।

प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्