प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


 


prachandaकाठमाण्डौ, कार्तिक ३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीले दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डले समसामयीक ताथा सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँन लागेका हुन् ।

मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्