भारतले दसगजा क्षेत्रमा सीमा मिचेर भव्य गुम्बा बनाउँदै


 


इलाम, कात्तिक ३
भारतले इलामको पशुपतिनगर– ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माणकार्य सुरु गरेको छ ।

काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको फटकका स्थानीय अगुवा बुद्ध तामाङले जानकारी  दिए ।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए ।

त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्