Deshko News
१३ आश्विन २०८०, शनिबार

महिलाको आर्थिक उन्नतिबाट मात्रै आर्थिक विकास : देउवा



deuwaकाठमाण्डौ , कार्तिक ३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण एसियाको आर्थिक विकासका लागि यस क्षेत्रका महिलाको आर्थिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताएका छन् ।

दक्षिण एसियाली महिला विकास फोरमको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले यस क्षेत्रका महिलाको आर्थिक उन्नतिबाट मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन् ।

त्यसका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा फोरमकी अध्यक्ष प्रमिला आचार्य रिजालले सम्मेलनले दक्षिण एसियाका महिलाबीच आर्थिक सशक्तीकरण र उद्यमशीलताका लागि विशेष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले दक्षिण एसिया अझै पनि गरिबी र पछौटेपनले ग्रस्त भएको भन्दै यसबाट मुक्ति दिलाउन महिला उद्यमशीलतामा विशेष जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News