आइपीएलको अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस


 



काठमाडौं, माघ २४
नेपाल क्रिकेट संघ (क्यान) ले इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि आठ नेपाली खेलाडीको नाम सिफारिस गरेको छ।

क्यानले शुक्रबार सन्दीप लामिछानेसहित आठ खेलाडीको आइपीएल २०२१ को अक्सनका लागि पठाएको हो। 

क्यानले पठाएको सूचीमा सन्दीप, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी छन्। 

क्यान पठाएको नाममध्ये सन्दीपले तीन सिजन आईपीएल खेलिसकेका छन्। सन्दीपलाई दिल्ली क्यापिटल्सले यसै सिजन रिलिज गरेको हो। बाँकी खेलाडी आइपीएल खेलेका छैनन्। 

फेब्रुअरी १८ मा हुने नयाँ सिजनको अक्सनका लागि एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। त्यसमध्ये भारतका ८१४ जना रहेका छन्। 

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्