एक सातासम्म बन्धक बनाएर बालिकालाई बलात्कार


 



गोरखा, फागुन १७
गोरखामा एक सातासम्म बन्धक बनाएर चौध वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। गोरखा बजारकी ती बालिकालाई मामाघर लगिदिन्छु भन्दै आरुघाट गाउँपालिका ६ का २६ वर्षीय काशिराम सुनारले फागुन ८ गते आफ्नो घरमा बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

उनले बालिकालाई बन्धक बनाएर बलात्कार गरेको जाहेरी प्रहरी कार्यालयमा परेको छ। सुनारलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थपाई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए।

सुनारले बालिका घुम्न आएको भन्दै ढाँटेर एक सातासम्म घरैमा राखेका थिए। लामो समयसम्म बालिका सम्पर्कमा नआएपछि उनका परिवारले खोजी गर्दा सुनारको घरमा भेटेका हुन्।

सुनारले ललाईफकाई एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको बालिकाले बताएकी छन्। पीडकले बालिकालाई गोरखा सदरमुकामबाट मोटरसाइकलमा राखी घर लगेका थिए।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्