प्रचण्ड र चीनका मन्त्री माओबीच भेटवार्ता



prachandaकाठमाण्डौ, कार्तिक ५

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताए ।

सो अवसरमा मन्त्री झाङले नेपाल र चीनबीचका परियोजना राम्रोसँग अघि बढेको भन्दै चिनियाँ कम्पनीका लागि यहाँ काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News