कार्कीविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन सांसदहरुलाई दाहालको निर्देशन


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ, कार्तिक ७

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावको पक्षमा उभिन निर्देशन दिएका छन् ।

आज संसद भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले कुनै दुविधा नराखी प्रस्तावको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा दाहालले काँग्रेसँको समेत साथमा महाअभियोग प्रस्ताव पारित हुने भन्दै संसदको प्रक्रियामा सक्रियतापूर्वक सहभागि हुन निर्देशन दिएको सांसद अग्नी सापकोटाले जानकारी दिए ।

यसअघि माओवादी पदाधिकारी बैठकले लोकमान सिंह कार्कीमाथिको महाअभियोगका विषयमा पार्टीका तर्फबाट निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्