गौरिका एसियाकै प्रभावशाली युवाको सूचीमा


 



काठमाडौं, वैशाख ७
कीर्तिमानी ओलम्पीयन पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।

अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह ९ वर्षको उमेरदेखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन् । दक्षिण एसियाली खेलकुद ९साग०मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितिन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रुपमा प्रतिस्पर्धा गरिन् ।’

डेढ वर्षअघि नेपालमै भएको १३ औँ साग खेलकुदमा गौरिकाले कीर्तिमानी उपलब्धि हात पारेकी थिइन्। उनी नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । गौरिका माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत पनि हुन् ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्