२०१७ मा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा


 


everest-traking-3

काठमाडौं,  कात्तिक ९

ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ ।

लोन्ली प्लानेटका अनुसार २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूचीमा नेपाल पाँचौ स्थानमा परेको छ ।

२०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीको पहिलो नम्बरमा क्यानडा छ । कोलम्बिया दोस्रो, फिनल्याण्ड तेस्रो स्थानमा परेको छ ।

अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ ।

गत वर्ष लण्डनमा कार्यालय रहेको रफ गाइड्सले २०१६ का लागि प्रकाशित गरेकोयस्तै सुचिमा नेपाल पहिलो स्थानमा परेको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्