उकालो लाग्यो सुनचाँदीको मूल्य


 


काठमाडौं , जेठ २८
शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ ।

गत बिहीबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्