काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० कोरोना संक्रमित थपिए


 


काठमाडौं, जेठ २८
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० कोरोना संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार १४० जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९२१ रहेका छन्। यस्तै, भक्तपुरमा ५६ र ललितपुरमा १६३ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्