सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौँ, असार १
मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो ।
सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्यमा उच्च गिरावट आउदै गर्दा आज सुनको मूल्यमा भने स्थिरता आएको छ ।
महासंघका अनुसार आज सुन गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार २०० नै कायम भएको हो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ ।
प्रकाशित मिति: १ असार २०७८, मंगलबार












