घट्यो सुनको मूल्य, तोलाको कति ?


 


काठमाडौं, असार २
बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।

मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्