आज पनि घट्यो सुनको भाउ


 


काठमाडौं, असार १०
बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ ।

यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्