घट्यो सुनको मूल्य



काठमाडौँ, असार १५
आज असार १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News