आज पनि बढ्यो सुनको मूल्य


 


काठमाडौं, असार १८
शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्