डलरको भाउ बढ्दै, अरु देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं, असार २०
नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र विक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्रीदर १२९ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा र विक्रीदर ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८१ पैसा र विक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्