गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?



काठमाडौँ, असार २६
पूर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्। त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे । सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त? रामचन्द्रज्यूलाई जहिल्यै सकस!!!’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News