सर्वोच्चको आदेशविरुद्ध महेश बस्नेत, सडक आन्दोलन गर्न कार्यकर्तालाई निर्देशन


 


काठमाडौं, असार २८
नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको आजको परमादेशसँगै देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको दावी गरेका छन् । सर्वोच्च अदालतको आजको परमादेश कार्यान्वयन गर्न सम्भव नभएको जीकिर गर्दै उनले अदालतको फैसलाविरुद्ध माइतीघर अघि भेला भएर बिरोध प्रदशन गर्न नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ ।’ आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भन्दै उनले फेसबुकमा लेखेका छन्–‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाऔं।

आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्न असम्भव छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।’

प्रकाशित मिति: २८ असार २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्