आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु पर्यो : ओली


 


काठमाडौँ, असार २९
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको ओलीले टिप्पणी गरे।

यस्तै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्दै भने, ‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रूपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ।’

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्