मर्सका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु


 


जेठ २५, एजेन्सी

पछिल्लो समय देखा परेको मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) नामक संक्रमणका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु भएको छ । यसअघि साउदी अरब र मध्यपूर्वी मुलुकमा देखा परेको मर्स संक्रमीतको संख्या दक्षिण कोरियामा मात्रै ८७ पुगेको त्यहाँका अधिकारीले बताएका छन् ।

मर्स संक्रमणको आशंकामा त्यहाँका २ हजार ३ सय सर्वसाधारणलाई निगरानीमा राखिएको छ । संक्रमण तीब्र रुपले फैलिरहेकाले १ हजार ९ सय विद्यालय बन्द गरिएको बीबीसीले जनाएको छ ।

मर्स संक्रमितमध्ये विश्वभर २७ प्रतिशतको मृत्यु भइसकेको बिश्व स्वास्थ्य संगठन WHO ले जनाएको छ । मर्स संक्रमित व्यक्तिमा रुघाखोकी लाग्ने, ज्वरो आउने र मृगौलामा असर पुग्ने चिकित्सक बताउँछन ।

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्