विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर



काठमाडौं, असोज ५
नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६८ पैसा, बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News