टी–२० विश्वकप : श्रीलंकाको विजयी शुरुवात


 


एजेन्सी, कार्तिक २
श्रीलंकाले आइसीसी टी–२० विश्वकपमा सुखद शुरुवात गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा श्रीलंकाले नामिबियालाई पराजित गरेको छ ।

सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । ९६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा ग¥यो ।

श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।

नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए । मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्