सुनको भाउ आज पनि घट्यो, कति छ मूल्य ?


 


काठमाडौं, मंसिर १४
सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्