कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्य सम्पादन समिति गठन हुने



काठमाडौँ, माघ १४
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ।

भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषय मुख्य एजेन्डा रहेको बताइएको छ । कार्यसम्पादन समितिमा १४ जना पदाधिकारी र ३१ जना भने मनोनीत सदस्य रहने व्यवस्था छ । सभापति देउवाले १४ औँ महाधिवेशन सम्पन्न भएको २ महिना भइसक्दासमेत पार्टीको कोषाध्यक्ष र प्रवक्ता तोक्न सकेका छैनन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा कोषाध्यक्ष र प्रवक्ता पनि सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News