धितोपत्र बोर्ड अध्यक्षका लागि ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक (नामावलीसहित)



काठमाडौं, माघ २५
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा राखिएको छ ।

सोमबार बसेको सिफारिस समितिको बैठकले अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राखेको हो ।

समितिले रमेशकुमार हमाल, खगेन्द्र कटुवाल, निरज गिरी, कृष्णराज पोखरेल र गोपालप्रसाद भट्टलाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा राखेको हो ।

ती सर्टलिस्टमा परेको पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्नेछ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News