टि–२० विश्वकप-ओमानमाथि नेपालको शानदार जित


 


काठमाडौं, फागुन ६
ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो । नेपालले ओमानमाथि ३९ रनको जित दर्ता गर्दा सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

उनीहरुले म्याचभरि ‌ओमानका ब्याट्सम्यानलाई बाँधेर राखेका थिए । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट, कप्तान सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने अविनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

टस हारेर कठिन पिचमा पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । १२ रनको स्थितिमा दुवै ओपनर पेभिलियन फर्केका थिए । कुशल भुर्तेलले ५ रन र आसिफ शेखले ४ रन मात्रै बनाए ।

नेपालका लागि आरिफ शेखले पिचमा संघर्ष गर्दै सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरेका थिए । अन्तिममा कप्तान सन्दिप लामिछानेको ‘सर्ट केमियो’ खेल्दै ७ बलमा १६ रन बनाएपछि नेपालको स्कोर अलिकति उकासिएको थियो । सन्दिपले १ चौका र एक छक्का हिर्काए ।

नेपालका सर्वाधिक भरोसायोग्य ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी आज चल्न सकेनन् । उनी १८ बल खेल्दै ११ रनमा आउट भए । यस्तै, ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन र लोकेश बमले १७ बलमा एक छक्कासहित १६ रन बनाए । ओमानका लागि खावर अलिले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्