एमाले उपाध्यक्ष पौडेल चीन भ्रमणमा


 


काठमाडाैं, चैत्र ७
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्