नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ र अबको हाम्रो बाटो (एल. पी. साँवा लिम्बुको विचार)


 


एल. पी. साँवा लिम्बु
जिम्मेवार व्यवसाय, विकास र समृद्धिमा हाम्रो प्रतिबद्धता
लगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता

यो मुल नारा सहित हामी नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको ऐतिहासिक दोश्रो राष्ट्रिय महाधिवेशनको संघारमा छौं । चैत २३ र २४ गते हुन गईरहेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

हामी यस्तो बेला महाधिवेशन गर्न गइरहेका छौं, जतिबेला देशको आर्थिक अवस्था निकै संकटग्रस्त बनेको छ । यो संकटमा राज्य मुकदर्शक झैं लाग्छ । सरकार भएर पनि नभए झैं देखिन्छ ।

अबको हाम्रो बाटो
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा (एमाले) को जनवर्गिय संगठन हो । महासंघलाई हामी आगामी दिनमा उद्योगी व्यवसायीहरुको सबैभन्दा अग्रणी एवम् नेता संस्थाको रुपमा अगाडि बढाउन चाहन्छौं ।

अहिले हाम्रो महासंघ जनवर्गिय संगठनको रुपमा त छ तर यो संस्था भनेजस्तो सबै ठाउँमा पुग्न सकेको छैन् । अब हामी यो महासंघलाई यही रुपमा छाड्ने पक्षमा छैनौं । यसलाई हामी नयाँ गति दिन चाहन्छौं । अब हामी चाँडै नै स्थापना दिवस भव्य रुपमा मनाउने तयारीमा छौं । महाधिवेशन सकिएपछि यसमा जुट्दैछौं ।

यो महाधिवेशनमा प्रस्तुत हुने गरी विभिन्न डकुमेन्टहरु तयार गरेका छौं । यसमा आगामी दिनमा महासंघ हिड्ने बाटो तय गरेका छौं । अहिलेको नेपालको आर्थिक अवस्था के हो ? जस्ता खाका डकुमेन्टमा राखेका छौं । हामी के गर्देछौं ? र भोलि महासंघले गर्ने काम के हो ? यो महासंघले व्यवसायीहरु माझ के–के गर्छ ? आम व्यवसायीहरुको साझा समस्याहरु व्यवस्थापन गर्नलाई के गर्छ ? भन्ने विषयलाई समेत हामीले डकुमेन्ट तयार गरेर अगाडि बढेका छौं ।

देशभर रहेका व्यवसायीहरुले के व्यवसाय गर्छन् ? जस्ता पेशागत पहिचान गर्ने तयारीमा हामी छौं । पूर्वमा भएको उत्पादन पश्चिममा पुगिराखेको हुँदैन् । पश्चिममा उत्पादन भएको वस्तुको पूर्वमा नेटवर्क हुँदैन् । यसलाई पार्टीगत नेटवर्कभित्र हाम्रो व्यवसायलाई जोड्छौं । मार्केट लिंकेच गर्नेगरी अभियान कै रुपमा हामी छौं । र प्रडक्ट पहिचान गराउने काम हामी गर्छाै ।

अब हामी के गर्छाै ?
हामी व्यवसाय प्रर्वद्धन हुने खालको व्यवसायिक तालिमहरु गर्छाै । व्यवसायीहरुले जे काम गर्देहुनुहुन्छ, त्यसमा थप ज्ञानको आवश्यकता हुन्छ र पर्छ । हामी त्यसमा क्षमता विकास लगायतका तालिम गर्छाै । हामी इनोभेटिक व्यवसाय गर्ने तयारीमा छौं ।

यहाँ कपी विजनेश अर्थात एउटाले जे व्यवसाय गर्याे अरुले पनि त्यही गर्ने गरेको पाईन्छ । अब त्यसरी होइन इनोभेटिव गर्नुपर्याे । यसका लागि आइडिया चाहियो । त्यसका लागि हामी अन्र्तराष्ट्रिय भिजिट एक्स्पो आयोजना गर्छाै । अन्तराष्ट्रिय भिजिटहरु हाम्रा व्यवासयीहरुलाई गराउँछौं । यसबाट संगठन निर्माणमा सहयोग पुग्छ ।

अहिले काम गर्दागर्दे थुप्रै समस्याहरु छन् । नितिगत समस्या छन् । यी समस्या कसरी फुकाउने । हाम्रो राजनीतिक दलहरुले पनि व्यवसायीका समस्या जस्ताको तस्तै बुझेका छैनन् । अनि सरकारले पनि बुझेको छैन् । किनभने राजनीतिक दलका मान्छेहरुले समस्या नबुझेपछि त्यही पार्टीका मान्छेहरु सरकारमा पुग्छन् ।

हामी दुबैलाई व्यवसायीहरुको समस्या बुझाउँछौ । रोजगारी सिर्जना गर्ने र राज्यलार्य कर बुझाउने संस्था हो भनेर हाम्रो महत्व बुझाउँछौं । यसका लागि हामी टिम निर्माण गर्छाै । त्यो टिमले व्यवसायीहरुका समस्या हल गर्न मद्दत गर्छ । नितिगित सुधार गर्छ । अर्काे टिमले क्षमता विकास गर्छ । यसरी विभिन्न विज्ञ टिम निर्माणमा महासंघ जुटेको छ ।

महासंघमा आकर्षण कसरी ?
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ (नेकपा एमाले) को जनवर्गिय संगठन हो । एमालेको भातृ संगठन भए पनि हामी आम व्यवसायीहरुको हितमा काम गर्छाै । सामाजिक अभियान पनि चलाउँछौं ।

यसरी सामाजिक अभियानमा जोडिदै जाँदा अन्य नन पोलिटिकल साथीहरु पनि हामीसँग जोडिन्छन् । हाम्रा क्रियाकलापमा जोडिन्छन् । उनिहरुको समस्या हामीले सम्बोधन गरेपछि उनिहरु स्वतः हामीसँग जोडिन्छन् ।

यो महासंघको सदस्य हुनलाई हाम्रो पार्टीको सदस्य हुनुपर्छ भन्ने छैन् । यहाँ स्वतन्त्र व्यक्तिहरु पनि हुन्छन् । विस्तारै हामी पार्टीमा जोड्छौं । स्वतन्त्र व्यवसायीहरुलाई पनि हामी नेकपा एमाले बनाउन यो महासघले काम गर्छ ।

सरकार जिम्मेवार बनोस्
हिजो साढे ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो । मुलुकलाई स्थिरता र विकास तर्फ अगाडि बढाउने प्रयत्न भएका थिए । धेरै राम्रा कामहरु शुरु भएका थिए । यो बीचमा जनादेशबाट होइन सिधै अदालतको सहारमा परमादेशबाट देउवा सरकार बन्यो । यो सरकार के हो ? के होइन भन्ने कुरा सबैलाई थाहा नै छ ।

यो सरकारले न हिजोका राम्रा कामहरु निरन्तरता दिन सकेको छ, न व्यवसायीहरुको समस्याको सम्बोधन गर्न सकेको छ । यतिखेर व्यवसायीहरु चौतर्फी समस्यमा छन् । देशको आर्थिक अवस्था विकराल बन्दै गइरहेको छ । रेमिट्यान्स घटेको छ । आयात बढेको छ निर्यात घटेको छ ।

अन्र्तराष्ट्रिय मुद्रा सञ्चितमा ठूलो प्रभाव परेको छ । छ महिना भन्दा आयात गर्ने क्षमतामा हामी छैनौ । बजार भाउ आकासिएको छ । प्रेटोलियम पदार्थको मूल्य अचाक्ली बढेको छ । तरलतको असर बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् ।

यस्तो विकराल समस्या छ तर राज्य गम्भिर छैन् । सरकारलाई कुने चिन्ता छैन् । हामी सरकारलाई गम्भिर हुन ध्यानाकर्षण गराउँछौं । सरकार बेलैमा सचेत भएन भने हामी श्रीलंकाको बाटोमा हिड्ने अवस्था आउँदैछ । म सरकारलाई विनम्रपूर्वक भन्छु, देशको अवस्था गम्भिर मोडमा पुगेको छ जिम्मेवार ढंगले समस्या हल गर्नुस् ।

सर्वसम्मत नेतृत्व
हामी सर्वसम्मत नेतृत्व चयन गरेर नयाँ सन्देश दिन चाहन्छौं । किनभने हामी चुनावमा होमिसकेका छौं । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । लगतै अन्य निर्वाचन अर्थात प्रतिनिधिसभा र प्रदेश सभाको आउँदैछ । त्यसैले हामी घनिभूत छलफल गरेर आन्तरिक लोकतन्त्रको उच्चतम् प्रयोग गरेर सबै साथीहरुलाई व्यवस्थापन गरेर महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नेछ ।

अहिले भइरहेकै टिमबाट नेतृत्व आउनेछ । हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं । प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै महानगरबाट एक जना, बस्तुगत संघहरुबाट चारजना सम्म आउने व्यवस्था गरिएको छ ।

प्रदेशबाट ४ जनासम्म आउने गरी व्यवस्था मिलाएका छौं । संघीयताको मर्म अनुरुप महासंघले आफ्नो महाधिवेशन सम्पन्न गर्न लागिरहेको छ । हामीले महिला सहभागितालाई सुनिश्चितता गरेका छौं ।

यसरी उत्साही र उर्जाशील २९९ जनाको नयाँ टिम आउनेछ । अब यस्तो नयाँ टिम, जुन टिमको नेतृत्व समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानका अगुवाई गर्ने मान्छेहरु आउनेछन् ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्