श्रीलंकामा फेरि संकटकाल घोषणा


 


एजेन्सी, वैशाख २४
श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिए।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्