संघीय र प्रदेशसभा चुनावमा भाग लिन ८४ दल निर्वाचन आयोगमा दर्ता



काठमाडौं, भाद्र १
आगामी मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा ८४ दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएका हुन् । उनका अनुसार पहिलो निवेदन राष्ट्रिय जनमत पार्टीले आवेदन दिएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ती ८४ दलमा ४ वटा समूह पनि छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालय समयसम्मको समयसीमा निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News