रहेनन् कांग्रेस नेता प्रदीप गिरी


 


काठमाडौं, भाद्र ५
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । शनिबार राति ९ः३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ । नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन् ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्