प्रचण्ड–नेपाल सहमति : घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै


 


काठमाडौं, भाद्र ७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।

४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेसमेत सहमति गरेका छन् ।

ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेका दुवै नेताले चिह्न भने आआफ्नै लिएर निर्वाचन लड्ने छलफलमा सहभागी एक नेताले बताए । राजधानी दैनिकबाट

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्