टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा


 


एजेन्सी, कार्तिक १
न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् ।

उनीमाथि यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेको छ ।

यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्