चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन : राजदूत ली जिमिङ



एजेन्सी, कार्तिक ११
चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् ।

ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

चिनियाँ राजदूतसँगको बिदाई भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकामा जोड दिँदैे भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागिमात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News