फिफा विश्वकपमा ट्युनिसियामाथि स्वीडेनको शानदार जित



काठमाडौं । फिफा विश्वकपको आफ्नो पहिलो खेलमा स्वीडेनले ट्युनिसियालाई पराजित गरेको छ ।

अमेरिकामा भएको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को जित निकालेको हो ।

स्वीडेनका लागि यासिन आएरी दुई गोल गर्दा अलेक्सजेन्दर इजाक, भिक्टोर ग्योकर्स र म्याटियन स्यानवर्गले एकएक गोल गरे ।ट्युनिसियाका ओमार रेकिकले गोल फर्काएका थिए ।

यसअघि ग्रुप इको खेलमा जर्मनी क्युरासाओविरुद्ध ७-१ ले विजयी भएको थियो । समूह एफका अन्य खेलमा जापान र नेदरल्याण्ड्सले २-२ को बराबरी खेले ।

आइभरीकोस्टले इक्वेडरविरुद्ध १-० को जित निकालेको थियो ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्