Deshko News
८ आश्विन २०८०, सोमबार

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक



काठमाडौं, कार्तिक १३
दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ ।

तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।

हेलोविन पर्व मनाउनका लागि इटावन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News