चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि


 


काठमाडौं, कार्तिक ३०
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकालगाउत देशभर उपभोग्य वस्तु मुल्य अस्वभाविक रुपमा बढाइएको छ ।

सरकारी संयन्त्र आगामी निर्वाचन कसरी सम्पन्न गर्ने ? भन्नेतर्फ जुटिरहेको विभिन्न दलका नेता तथा आमनागरिक निर्वाचनको महोलमा लागेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुलगायत हरेक सामानमा भारी मुल्य वृद्धि गरिरहेका छन् ।

अहिले व्यापारीले गत तिहार र छठपर्वपछिको करिब दुई सातायता खाद्यान्न। तरकारीलगायत उभोग्य वस्तुको मूल्य १५ देखि ४० प्रशितसम्म बढाएका छन् । हाल छिमेरी मुलुक भारतले गहुँ , धान, चामललगायत खाद्यवस्तु निर्यात प्रतिबन्ध हटाइसकेको अवस्था छ ।

युक्रेन र रुससबीचको आन्तरिक द्धन्द्धका कारण ती देशबाट आयात हुने तेललगायत खाद्यान्नको भाउ बढेको विगतका महिनाजस्तो सुनिएको छैन । वर्षत्का बेलाजस्तो बाढीपहिरोले सडक बाटोमा क्षेति पुर्याएर सामान ढुवानीका साधन आवाजावतमा कुनै असर परेको छैन ।

किसानका खेतबारीबाट पनि धमाधम नयाँ आलु, काउली, गोलभेंडा , सागसब्जीलगायत तरकारी बजारमा सहज रुपमा भित्रिइरहेका छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्