चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा


 


एजेन्सी, मंसिर ८
चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन् । चीनको १दमलब ४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन । तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन् ।

तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।

अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्