चीनमा एकैदिन ३१ हजार कोरोना संक्रमित भेटिए, ८ जिल्लामा लकडाउन


 


एजेन्सी, मंसिर ९
चीनमा ‘शून्य कोभिड नीति’ भए पनि फेरि एकपटक कोरोनाका केस तीव्र गतिमा बढ्न थालेका छन् ।

राजधानी बेइजिङ र दक्षिणी व्यापारिक केन्द्र ग्वाङ्झाउलगायत धेरै प्रमुख सहरमा कोरोनाका बिरामी बढेका छन् ।

बिहीबार ३१ हजार ४५४ नयाँ संक्रमित फेला परेका छन् ।

यो कोरोना अवधिको उच्च हो। यसअघि यो अप्रिलमा सबैभन्दा बढी २८ हजार संक्रमित भेटिएका थिए ।

नेशनल हेल्थ ब्यूरोको तथ्याङ्क अनुसार, महामारी सुरु भएदेखि चीनको औसत दैनिक केसहरू रेकर्ड उच्च पुगेको भारतीय न्युज पोर्टल भाष्करले जनाएको छ।

यसैबीच, बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चिनियाँ प्रशासनले झेङ्झाउ र आसपासका ८ जिल्लाको ६६ लाख जनसङ्ख्यालाई लकडाउन गरेको छ । यो आदेश अघि नै यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन् । नयाँ आदेश शुक्रबारदेखि लागू भएको हो ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्