पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण, चार प्रहरीको मृत्यु



इस्लामाबाद, पुस ४
पाकिस्तानको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।

दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लन्चरलगायत घातक हतियार बोकेका अतिवादीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरू घटनास्थलबाट भागेका थिए ।

संदिग्धहरूको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News