Deshko News
१३ आश्विन २०८०, शनिबार

चीनसँगको विवादित सीमा क्षेत्रमा भारतीय सैनिक अहिलेसम्मकै सबैभन्दा धेरै



एजेन्सी, पुस ६
चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको हो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताए ।

अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो । तर थपिएको सैनिक संख्या खुलाइएको छैन ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News