अफ्गानिस्तानमा चिसोले २० को मृत्यु



एजेन्सी, माघ ४
अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तापमानमा भएको गिरावटका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त अफगानिस्तानमा चिसो बढ्न थालेपछि जनजीवन थप कष्टकर बनेको हो ।

अफगानिस्तानको बद्घिस र अन्य प्रान्तमा चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् ।

हेरात प्रान्तको क्षेत्रीय अस्पतालहरु चिसोका कारण बिरामी भएकाहरुले खचाखच भरिएको छ ।

तालिवानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ ।

देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News